Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मन्त्री श्रेष्ठलाई एक मिनेट पनि पदमा बस्ने नैतिकता छैनः माधव नेपाल

मन्त्री श्रेष्ठलाई एक मिनेट पनि पदमा बस्ने नैतिकता छैनः माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७८ बुधवार • १९:३४:३५ बजे
  • 2.9K
    SHARES
  • मन्त्री श्रेष्ठलाई एक मिनेट पनि पदमा बस्ने नैतिकता छैनः माधव नेपाल

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई एक मिनेट पनि सरकार तथा पार्टी कतै पनि पदमा रहने नैतिकता नरहेको बताएका छन्। पार्टीको भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको मंगलबार जुममार्फत आयोजित दोस्रो केन्द्रीय कमिटी बैठकमा प्रमुख अतिथि नेपालले ‘जातीय छुवाछूतजस्तो अमानवीय घटनामा देशका मन्त्री त्यसमा पनि कम्युनिस्ट पार्टीका नेता कृष्णगोपाल श्रेष्ठले हर्कत देखाएको’ भन्दै आक्रोश व्यक्त गरेका हुन्।

    images

    नेता नेपालले गरेको सम्बोधन उधृत गर्दै मुक्ति समाजका अध्यक्ष गणेश विश्वकर्माले नेपालखबसँग भने, ‘उन (कृष्णगोपाल श्रेष्ठ) लाई एक मिनेट पनि सरकारमा र पार्टीमा बस्ने नैतिकता छैन। नेता नेपालले त्यति मात्र होइन, शिक्षामन्त्री श्रेष्ठलाई कानुनबमोजिम कारबाही पनि हुनुपर्ने बताए।सबैभन्दा पछाडि पारिएको दलित समुदायको समस्यालाई केवल दलितको मात्र समस्याका रूपमा नलिई सिंगो पार्टी र सरकार लाग्नुपर्नेमा उनले जोड दिए।.

    नेता नेपालले दलित समुदायको राजनीतिक, आर्थिक र सामाजिक समस्या एकसाथ सम्बोधन गर्न १० वर्षको आवधिक योजना बनाउनुपर्ने धारणा राखे। आफू प्रधानमन्त्री हुँदा जनता आवास कार्यक्रम, अन्तर्जातीय विवाह प्रोत्साहन कार्यक्रम, दलित छात्रवृति कार्यक्रम, मुक्त हलिया पुनःस्थापना र छुट हलिया तथ्यांक संकलनजस्ता महत्त्वपूर्ण कार्यक्रम गरिएको पनि उनले सुनाए। यस्तै मुक्ति समाजको बैठकले संगठनका तर्फबाट सञ्चारकर्मी रूपा सुनारलाई जातीय विभेद गरेको अभियोगमा पक्राउ परेकी घरबेटी छुटाउने र आफ्नै झन्डावाल गाडीमा राखेर घर पुर्याउने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको बर्खास्ती माग गर्ने निर्णय गरेको जानकारी दिए।

    यसैगरी आफ्नो कार्यक्षेत्रमा भएका जातीय छुवाछूत तथा भेदभावसम्बन्धी घटनाको स्थलगत अध्ययन तथा पीडितसँग भेटघाट–छलफल गरी ‘जहाँ उत्पीडन र विभेद : त्यहाँ मुक्ति समाज नेपाल र प्रतिरोध’ अठोटका साथ न्यायका लागि पहल गर्ने निर्णय पनि बैठकले गरेको बताए।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology