Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कारागारमा कोरोना सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता

कारागारमा कोरोना सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १६, २०७८ बुधवार • २१:१७:३३ बजे
  • 661
    SHARES
  • कारागारमा कोरोना सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता

    चितवन । कारागार कार्यालयमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता अपनाइएको छ।

    images

    कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका कारण मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको हो।

    कारागार कार्यालयभित्र रहेको क्वारेन्टिनमा अहिले रहेका २२ जनालाई नियमित स्वास्थ्य परीक्षणदेखि खानपानमा समेत ध्यान दिन लागिएको हो। उनले भने, ‘अहिले समस्या छैन, समस्या आउँछ कि भनेर सावधानी अपनाएका छाैँ।’

    थुनुवालाई पहिले टेलिफोन सेवा उपलब्ध गराइएको भए पनि अहिले त्यो सुविधासमेत कटौती गरिएको उनले बताए। कारागारमा कैदीबन्दीको सङ्ख्या बढी भएकाले पनि सावधानी अपनाउनु परेको उनले जानकारी दिए। कारागारमा अहिले ६७४ कैदीबन्दी छन् ।

    कारागारमा रहेका कैदीबन्दीमा विभिन्न प्रकारको रोग रहेकाले एकजनामा कोरोना सङ्क्रमण देखिए फैलन सक्ने भएकाले क्वारेन्टिनमा रहेकालाई छुट्टै भान्छाको व्यवस्था गरिएको छ।

    नियमित अस्पताल लैजानुपर्ने बिरामीलाई पनि क्वारेन्टिनमा राखिएको उनले बताए। कारागारमा २५ महिलाको क्षमता रहेकामा ५१ र २५५ पुरुषको क्षमता भएकामा ६२३ रहेका छन्। उनीहरुसँग तीन आश्रित बालबालिका छन्।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology