कमल भण्डारी
देशको नेतृत्व गरी उक्त भुगोलभित्र भएका नागरिकको शिक्षा स्वास्थ्य रोजगारीको ग्यारेन्टि गर्न, सक्ने सक्षम व्यक्ति अहिले देशको आवश्यकता हो । तर बिडम्वना भनुपर्छ प्रकृतिले सबै चिज दिएको एउटै मात्र असल राष्ट्र सेवक भएको नागरिकको जन्म दिन नसकेको कारण आज सिङगो देशका तिन करोड जनता पीडित भएका छन ।
बिधि बिधान निति र नेतृत्व जवसम्म इमान्दर देशमा स्थापित हुदैन तव सम्म राज्यको विकाशमा सधै बाधा अवरोध मात्रै सिर्जित हुन्छ । यस्को जवलन्त उदाहारण अहिलेको सर्वहारा सरकारको दैनिक गतिविधि हेर्दा सबै जनताले जानकारी पाउन सक्छन । घोषणा पत्र पढदा लाग्थ्यो अब पाँच बर्षमा कम्युनिष्ट पार्टीले जनमत प्राप्त गर्यो, भने रोग, भोग, शोक, सबै कुराको हरण हुनेछ । तर यस्को अर्थ मात्रै सत्ता र शक्ति प्राप्त गर्ने अस्त्र मात्रै रहेछ । सर्वहराको घोषणा पत्र र सावुनको फिज उस्तै रहेछ किन कि प्रयोगमा दुवैको लोभ लाग्दो तर टिक्न नस्कने हुदो रहेछ ।
आज कुशल प्रबल र असल नेतृत्व विहिन भएर नै देश डामाडोल अवस्थामा छ । यस्को मूख्य कारण भनेको निस्वार्थी र सिङ्गो राष्ट्र भित्र भएका नेपाली जनतालाइ समायोजन गरी अगाडी बढाउन सक्ने सेवकको खडेरी परेको भएर नै आज हामी सबै नागरिकले दुख कष्ट झेल्नुपरेको यथार्थ हो ।
आज धैरै युवा युवति देश हामीलाइ नेतृत्व गर्ने अबसर दिनुहोस हामी राष्ट्रलाइ आमुल परिर्वतन गरी सुखी नेपाली समृद्र नेपाल एक दशकमा बनाउने प्रतिज्ञा गरेको देखिन्छ । तर देशलाइ रूपान्तरण गर्न जति बोलिमा हुन्छ त्यति सजिलो कार्यमा शुन्य हुन्छ । हाम्रो देश राम्रो देश भन्ने नारा बनाउदैमा यो सम्वभ देखिदैन किन कि रूपान्तरणको लागी मूख्य भनेको अवधारणा र एजेन्डा हुन्छ । अवधारणा बिनाको नेतृत्व लगाम बिनाको घोडा जस्तै हो भन्ने हेक्का हामी सबैले मनन गनुपर्छ । तब मात्रै रूपान्तरणको अभियान सफल हुन्छ जहा हामीले स्पष्ट अवधारण तय गरी कार्यको थालनीमा सरिक हुनेछैा ।
जब सम्म हामी आफै रोजगारी सृजना गर्ने कार्यमा सरिक बनिदैन तव सम्म देशलाइ विकासको टेवा दिन सक्दैन किन कि जव कि नेतृत्वलाइ समृद्रका असल आधारको जानकारी हुदैन कसरी हामी आशा गर्न सक्छैा । अहिले देखिएको समस्या यहि हो । युवा युवति शक्ति सत्ता र पद लिन हतार गर्ने तर शिक्षा र योग्यता पूरा भएपछि जीवनमा न जागीर खाने न कुनै उदमी बन्ने प्रयत्न गर्ने फेरी पनि भनेको सुनिन्छ हामीलाइ अवसर दिनुहोस देशको विकास कायापटल बनाउने अठोट छ हाम्रो ।
मागेर देश र जनताको सेवा गर्न सकिदैन सहयोग भनेको क्षणिक मात्रै हो । अरूबाट प्राप्त गर्ने आर्थिक सहयोग भनेको देखाउ हुन्छ तर टिकाउ हुदैन यो हामी सबैले हेक्का र मनन गर्नुपर्छ । अहिले युवा युवतिमा यस्तै कार्यमा तलिन भएको देखिन्छ । जव कि मागेर समस्याको समाधानमा हुन्छ भन्ने मात्रै ध्यान छ । भने यस्तो व्यक्तिवाट न उस्को निजि जीवनमा केहि सुधार हुन्छ न सहयोग प्राप्त गर्ने व्यक्तिले राहात महसुस गरको हुन्छ ।
अहिले देशभरी केहि नाम चलेको समाजिक अभियान्तको चर्चा देखिन्छ जस्तै ज्ञान बहादुर शाही पुण्य गैातम होम थापा अन्य यस्तै धैरै युवाहरू छन । जवकी यि मित्रहरू अध्यन पूरा भएपछि न रोजगारी न कुनै पेशा ग्रहण गरेको देखिन्छ आज यि युवा साथीहरूले सामाजिक कार्यमा तलिन भएको देखिन्छ । जस्को रोजगारी पेशा व्यवसाय केहि पनि छैन त्यस्तो व्यक्तिमा हामी के अपेक्षा गर्न सकिन्छ । भोलि निजि जीवन चलाउन सक्स पर्ने मित्रहरूले राष्ट्र सेवा गर्छु भन्नु हास्यपद हो । त्यसकारण कति मागेर पनि असल कार्य भएका छन त्यसको लागी धन्यवाद पात्र हुनुहुन्छ तर मागेर न समाज न राष्ट्र रूपान्तरण हुन्छ । न व्यक्ति सक्षम हुन्छ ।
केहि असल सामाजिक अभियान्ता पनि छन जस्ले पेशा व्यवसाय सगै सेवामा पनि सरिक भएका छन । जस्तै महाविर पुन,बिजय लामा, सन्दुक रूइत, केहि चलचित्र क्षेत्रबाट पनि उत्कृष्ट योगदान गर्ने सेलिब्रेटि पनि हुनुहुन्छ । त्यसकारण सेवामा व्यवसाय जोडियो भने सुनमा सुगन्ध हुन्छ ।
अहिलेको राजनितिक दलको नेतृत्व किन स्खलित भएका छन? यस्को मूख्य कारण भनेको नै पेशा व्यवसाय रोजगारीको बिनाको राजनिति नै मुल कारण हुन । त्यसैको प्रतिफल हो गोकुल बास्कोटा खुम बहादुर खण्डका यि केहि देखिएका पात्र मात्रै हुन । यदि भ्रष्टाचार निवारण आयोग पार्रदशि र कुनै पनि दल आबद नभएको नेपाली नागरिक आयोगको प्रमुख हुने हो भने धैरै दल भित्र भएका नेता कार्यकर्ताको राजनिति जीवन समाप्त हुन्छ । त्यसकारण बिकाउ होइन टिकाउ र दिगो लक्ष्य अवल्वन गर्ने प्रयत्न जारी राखौ ।