Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माधव नेपाल समूहले शुक्रबार बस्ने एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय

माधव नेपाल समूहले शुक्रबार बस्ने एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७८ बिहिवार • २१:२१:४४ बजे
  • 1.2K
    SHARES
  • माधव नेपाल समूहले शुक्रबार बस्ने एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय

    नेकपा एमालेको माधव नेपाल समूहले शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । एमाले केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा सहभागी हुन पार्टीले माधव नेपाल समूहका नेताहरुलाई २०७५ जेठ २ कै हैसियतमा बोलाएको छ । तर बिहीबार बुद्धनगरस्थित क्वालिटी वैंक्वेटमा बसेको माधव पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठकले यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेता घनश्याम भुसालले जानकारी दिए ।

    images

    उक्त समूहको बैठकले बैठक बोलाउने दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले उक्त बैठकमा नजाने निर्णय गरेको भुसालले बताए ।जेठ २ भने पनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै बैठकमा नजाने निर्णय नेपाल पक्षले गरेको हो । संस्थापन पक्षले भने पार्टी एकताको लागि जेठ १८ को बैठकनै डेडलाइन हुने बताएको छ ।

    नेपाल पक्षले सर्वोच्च अदालतको फैसलाअघि ओलीसँग एकता गर्न नचाहेको बुझिएको छ । माधव समूहको बैठकमा संस्थापन पक्षसँग वार्तामा रहेका नेताहरुले अहिलेसम्म भएका छलफलको बारेमा जानकारी गराएको र कुनै पनि सहमति नभएको बताएका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology