Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रधानमन्त्रीले संसद र संविधानको सर्वोच्चतालाई खिल्ली उडाए : दिनानाथ शर्मा

प्रधानमन्त्रीले संसद र संविधानको सर्वोच्चतालाई खिल्ली उडाए : दिनानाथ शर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७८ बिहिवार • २१:२४:३४ बजे
  • 1.8K
    SHARES
  • प्रधानमन्त्रीले संसद र संविधानको सर्वोच्चतालाई खिल्ली उडाए : दिनानाथ शर्मा

    नेकपा माओवादी केन्द्र राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले संसद र संविधानको सर्वोच्चतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले खिल्ली उडाएको आरोप लगाएका छन् । बिहिबार राष्ट्रिय सभा बैठकमा नेता शर्माले प्रतिनिधि सभा विघटनप्रति लक्षित गर्दै प्रतिगमन सबैभन्दा ठूलो संकट भएको बताए । उनले भने, ‘के यो प्रणाली प्रधानमन्त्रीय प्रणाली हो ?

    images

    राष्ट्रपतीय प्रणाली हो ? पक्कै पनि होइन । राष्ट्रपतिले अभ्यास गर्ने प्रणाली होइन र प्रधानमन्त्रीले पनि होइन । प्रधानमन्त्रीलाई त्यस्तो भ्रम छ ।’ उनले दुईतिहाईको दम्भ गरेर पार्टीलाई पनि जोगाउन नसकेको आरोप लगाए । ‘तिहाईको दम्भ गरेर पार्टीलाई पनि जोगाउन सकेनन् । जनप्रतिनिधिको संस्थालाई पनि जोगाउन सकेनन् ।

    यसमा सबै जवाफदेही भए पनि जिम्मेवारी नेतृत्वले लिनुपर्छ’, शर्माको भनाइ थियो । अध्यादेशबाट शासन चलाउन खोज्नुले महेन्द्रपथ’ आउने शर्माको टिप्पणी छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology