Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राप्रपाका केन्द्रीय सदस्य लामा सहित ५ सय ७८ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश

राप्रपाका केन्द्रीय सदस्य लामा सहित ५ सय ७८ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १८, २०७८ शुक्रवार • ०९:०८:१९ बजे
  • 946
    SHARES
  • राप्रपाका केन्द्रीय सदस्य लामा सहित ५ सय ७८ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश

    पोखरा । धादिङमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय एक केन्द्रीय सदस्य सहित ५ सय ७८ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

    images

    केन्द्रीय सदस्य श्याम लामासहित अन्य कार्यकर्ताहरु बिहीबार पार्टी परित्याग गरि औपचारिक रुपामा नेपाली काँग्रेमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा स्वागत गर्नु भएको थियो । देउवा निवासमा भएको पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्य श्याम लामा, धादिङ निर्वाचन क्षेत्र १ का क्षेत्रीय अध्यक्ष सानुराम घले, जिल्ला कार्यसमिति सदस्य तथा धुनीबेंसी नगर प्रमुखका प्रत्याशी दिपक रुपाखेती, थाक्रेका बिनोद लामा, समानुपातिकतर्फ प्रदेशसभा सदस्य उम्मेदवार मनिता तामाङ, पिडागाउँ समिति अध्यक्ष विजय भण्डारी लगायत ४१ जना उपस्थित भएका थिए ।

    त्यस्तैगरी अन्य नेता कार्यकर्ताहरुको लागि धादिङमै पार्टी प्रवेश कार्यृक्रमको आयोजना गरिएको थियो । नव पार्टी प्रवेशीहरुलाई सभापति देउवा, सहमहामन्त्रीद्वय प्रकाशशरण महत र सुनिल थापाले स्वागत गर्नु भएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology