Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल पक्षलाई हस्ताक्षर फिर्ता लिन ओलीको दुई दिने अल्टिमेटम

नेपाल पक्षलाई हस्ताक्षर फिर्ता लिन ओलीको दुई दिने अल्टिमेटम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७८ शुक्रवार • १४:३७:०३ बजे
  • 970
    SHARES
  • नेपाल पक्षलाई हस्ताक्षर फिर्ता लिन ओलीको दुई दिने अल्टिमेटम

    पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन नेपाल पक्षलाई दुई दिने अल्टिमेटम दिएका छन्।

    images

    बालुवाटारमा बसेको ओली पक्षीय पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले २ दिनको समयसीमा दिएर हस्ताक्षर फिर्ताका लागि निर्देशन दिएका हुन्। पार्टीको बिद्रोही पक्षका २३ जना सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। त्योसँगै उनीहरुले ओलीले विघटन गरेको संसद पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा पनि हस्ताक्षर गरेका छन्।

    ओलीले बैठकमा भनेका छन्, ‘एमालेको नेता हो भन्ने अरु दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र अरुको पार्टी हित हुने कार्य सह्य हुँदैन।’ उनले आफू पार्टी एकता जोगाउन अधिकतम लचिलो हुन तयार भएको पनि बताए। तर उनले भने, ‘याद रहोस् हाम्रो आन्दोलन मजबुत छ। बाहिरी र भित्री आक्रमण प्रतिरोध गरेर सशक्त ढंगले अगाडि बढ्छ।’

    यो सँगै उनले एकता जोगाउन आफूले बोलाएको बैठकमा बामदेव गौतम आएको भन्दै उनको प्रशंसा गरेका छन्। उनले भने,‘ उहाँ (बामदेव) बैठकमा आउनु भएको छ । स्वागत छ। अन्य कमरेडहरुलाई पनि भोलिको बैठकमा सहभागी हुन आग्रह छ।’ उनले गौतमलाई आउने अनि जाने क्रम जारी नराखी यता आएको आयै गर्न अनुरोधसमेत गरेका थिए।

    यो सँगै भोलिबाट कोरोनाविरुद्धको खोप आउने जानकारी पनि ओली बैठकमा गराएका थिए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology