पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनी पक्षीय केन्द्रिय समिति बैठकमा माधव नेपालले भेटौ भन्दा भेट गर्न नमानेको बताएका छन ।
केन्द्रिय समिति बैठकमा पार्टीको विधमान राजनैतिक घटना क्रमलाई ब्रिफिङ गर्दै भने ‘मैले भेटौं भन्दा माधव नेपालले मान्नु भएन ।’एमालेले दशौं महाधिवेशन आयोजक कमिटी खारेज गरेर आजलाई केन्द्रीय कमिटी बैठक बोलाएको थियो ।
बैठकमा माधव नेपाल समुहका नेताहरुलाई पनि निम्ता थियो तर, उनीहरु सहभागी भएनन् । यहि सन्दर्भमा बिहीवार बेलुका नेपाललाई फोन गरेको जानकारी दिँदै ओलीले भने मलाई नेपालले भेटनै मन नभएको कुरा गर्नु भयो ।
उनले भने ‘मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरुको दबाबले मात्रै उठाएको हुँ भन्नुभयो ।’