Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

निर्वाचनका लागि भन्दै ७ अर्ब ७२ करोड रुपैयाँ निकासा

निर्वाचनका लागि भन्दै ७ अर्ब ७२ करोड रुपैयाँ निकासा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १९, २०७८ शनिवार • १०:५१:४२ बजे
  • 688
    SHARES
  • निर्वाचनका लागि भन्दै ७ अर्ब ७२ करोड रुपैयाँ निकासा

    पोखरा । सरकारले घोषना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै अर्थ मन्त्रालयले ७ अर्ब ७२ करोड रुपैयाँ निकासा गर्ने भएको छ ।

    images

    शुक्रबार एक समारोहका बीच मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको हो । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरू खरिद तथा निर्वाचन व्यवस्थापनका लागि उक्त रकम निकास गरिएको मन्त्रालयले जनाएको छ ।

    सरकारले दोस्रो पटक प्रतिनिधि सभा भङ्ग गर्दै आगामी २०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ । यद्यपि, सो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा नै छ ।

    सरकारद्वारा घोषित निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले रकमको व्यवस्था गरेको जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology