Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद

ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०७८ शनिवार • १५:२८:०९ बजे
  • 955
    SHARES
  • ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको एक नेताले जानकारी दिए । ओलीले शनिबार पनि बैठक बोलाएका छन् । तर माधव नेपाल समूह यो बैठक अवैध भएको सहभागी नहुने अडानमा छ ।

    images

    बिहीबार राति पनि यी दुई नेताबीच संवाद भएको थियो । नेता नेपालले ओलीले शुक्रबार बोलाएको केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका थिए भने ओलीले बैठकमा सहभागी हुन निम्तो दिएका थिए । दुवै नेता अडानमा कायमै रहँदा संकटमा परेको एमाले एकता जोगाउन भने दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

    ओली र नेपाल आ–आफ्नो अडानमा कायमै छन् । अध्यक्ष ओलीले १६ असारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी १८ असारमा केन्द्रीय कमिटी बैठक राखेका थिए । उक्त बैठकबाट अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको चेतावनीयुक्त डेडलाइन दिए ।

    स्रोतका अनुसार ओली र नेपालबीच टेलिफोन कुराकानी भएपछि भुसाल समिट होटल फर्किएका छन् । ‘घनश्याम भुसाल कोटेश्वर पुगेपछि दुई नेता बीच टेलिफोनमा कुराकानी भएको हो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology