Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारी वर्षापछि आएको बाढीले जापानमा दश घर बगायो, बीस जना बेपत्ता

भारी वर्षापछि आएको बाढीले जापानमा दश घर बगायो, बीस जना बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०७८ शनिवार • २०:५३:११ बजे
  • 1.5K
    SHARES
  • भारी वर्षापछि आएको बाढीले जापानमा दश घर बगायो, बीस जना बेपत्ता

    मध्य जापानको सिजुको जिल्लामा शुक्रबार रातिदेखि आएको भारी वर्षा र त्यसपछि आएको बाढीमा परी कम्तीमा पनि २० जना मानिस हराएका छन् । सिजुको जिल्लाको अतामी भन्ने गाउँमा अविरल वर्षापछि आएको बाढीले त्यहाँका कम्तीमा पनि १० ओटा घर बगाएको छ र ती घरमा रहेका २० जना नागरिक हराएका छन् ।

    images

    शनिबार बिहानदेखि हराएका उनीहरुको खोजी कार्य जारी रहेको भए पनि उनीहरु भेटिएका छैनन् । उक्त गाउँका १० घर अविरल वर्षापछि आएको बाढीले बगाएर लगेको छ । सोही बाढीमा परेर ती २० जना व्यक्ति हराएका उक्त जिल्लाका एक अधिकारीले जानकारी दिएका छन् । 

    जिल्लाका एकजना प्रहरी अधिकारीले हराएका ती व्यक्तिको खोजी जारी रहेको तर उनीहरु नभेटिएको भन्दै उनीहरु अब भेटिने सम्भावना निकै नै कम रहेको बताएका छन् । सो क्षेत्रमा केही दिन यतादेखि भारी मात्रामा वर्षा भइरहेको छ । उक्त वर्षाका कारण यहाँका अरु गाउँहरुमा पनि असर गरिरहेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # जापान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology