Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

संसारकै सबैभन्दा पहिलो कृतिम लिङ्ग २८ हजार वर्ष पुरानो फेला,पहिलेदेखि नै हुन्थ्यो ‘सेक्स टाेइज’ प्रयोग

संसारकै सबैभन्दा पहिलो कृतिम लिङ्ग २८ हजार वर्ष पुरानो फेला,पहिलेदेखि नै हुन्थ्यो ‘सेक्स टाेइज’ प्रयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०७८ शनिवार • २१:१६:५८ बजे
  • 2.2K
    SHARES
  • संसारकै सबैभन्दा पहिलो कृतिम लिङ्ग २८ हजार वर्ष पुरानो फेला,पहिलेदेखि नै हुन्थ्यो ‘सेक्स टाेइज’ प्रयोग

    एजेन्सी । यौन खेलौनाको नाम लिने बित्तिकै मानिसहरु लजाउने गर्दछन् । कुनै अर्कै संसारका बारेमा कुरा हुँदैछ जसरी मानिसको फरक व्यवहार हुने गर्दछन् । यौन सुख दिने यी खेलौना अर्थात सेक्स टोइज हाम्रा पूर्खाले हजारौं वर्षदेखि नै प्रयोग गर्ने गरेको पाइएको छ । संसारकै सबैभन्दा पहिलो कृतिम लिङ्ग २८ हजार वर्ष पुरानो फेला परेको छ । यो जर्मनीमा फेला परेको हो । प्राचिन ग्रीस र इजिप्टमा यसको प्रयोग हुने गर्दथ्यो ।

    images

    काँचो केरादेखि ऊँटको सुकेको गोबरसम्मका कृतिम लिङ्गहरुको प्रयोग हुने गरेको पाइएको छ । यसका साथै ढुंगा, छाला वा काठका कृतिम लिङ्गहरुको पनि प्रयोग हुने गर्दथे । धेरै समयसम्म सेक्सको अर्थ भनेको पुरुषहरुमा हुने सन्तुष्टी नै मानिन्थ्यो । त्यतिबेलासम्म महिला सन्तुष्टी नभए उनलाई रोग लागेको अर्थ लगाउँदै उनको उपचार गर्न तिर लागिन्थ्यो । महिलाहरुमा असन्तोष भए उनीहरुलाई उत्ताउली भन्दै रोग लागेकोका रुपमा सर्वत्र चर्चा हुने गर्दथ्यो । त्यो समयमा धनी महिलाहरु आफ्नो उत्ताउलोपनको उपचारको मौका अलिक बढी दिने गरिएको बताइएको छ ।

    dildo.jpg

    सन् १८८० को दशकमा बेलायतका डा. जोसेफ मार्टिमर ग्रेनविलले पहिले इलेक्ट्रोमेकानिकल भाइब्रेटर आफ्नो पेटेन्ट गराएका थिए । २० औं शताब्दीको शुरुवातमै निजी कम्पनीहरुले व्यक्तिगत प्रयोजनका लागि भाइब्रेटर भएको कृतिम लिङ्ग बनाउन लागेका थिए । पत्रिकाहरुमा भान्साका सामानको विज्ञापनमा यसको पनि विज्ञापन हुने गर्दथ्यो । यसका आलोचकहरु भने अब त पुरुष र महिलाको आवश्यकता नै नरहने भो भन्दै तर्क गर्दथे । कृतिम लिङ्गलाई डिल्डो भनिन्छ ।

    यो शब्दको प्रचलन सन् १४०० एडी तिरबाट शुरु भएको मानिन्छ । यो ल्याटिन शब्द डिलाट्रेटको अर्थ चौडा गर्ने भन्ने हुन्छ । इटालियन शब्द डिलेटोको अर्थ खुशी हो यहीबाट डिल्डो शब्द निस्किएको हो । सन् १९२० को दशकभन्दा पहिला पनि डिल्डो वा भाइब्रेटरको प्रयोग उत्ताउलो बिरामी निको पार्नका लागि हुन्थ्यो । सन् १९२० पछि पोर्न फिल्महरुमा डिल्डोको प्रयोग मात्र यौन सुखका लागि भएपछि यसमा व्यापक परिवर्तन आएको छ ।

  • सम्बन्धित विषय:

  • # सेक्स टाेइज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology