कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा २ सय १० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका २ सय १० जनासहित देशैभर संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको जानकारी दिए । संक्रमितमध्ये १४ हजार २१ जना उपचारपछि घर फर्किएका छन् भने ४९ जनाको ज्यान गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।