Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकारसँग विप्लव नेतृत्वको नेकपा असन्तुष्ट, प्रधानमन्त्रीसँग भेट गर्दै

सरकारसँग विप्लव नेतृत्वको नेकपा असन्तुष्ट, प्रधानमन्त्रीसँग भेट गर्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २०, २०७८ आइतवार • १२:२८:२० बजे
  • 1.5K
    SHARES
  • सरकारसँग विप्लव नेतृत्वको नेकपा असन्तुष्ट, प्रधानमन्त्रीसँग भेट गर्दै

    पोखरा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग छलफल गर्ने भएको छ ।

    images

    शान्तिपूर्ण राजनीतिमा आउँदा सरकार पक्षसँग भएका सहमतीहरु कार्यान्वयन नभएको भन्दै असन्तुष्ट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले छलफल गर्न लागेका हुन् ।

    प्रधानमन्त्री ओलीसँग आफ्ना मागहरुबारे छलफलका लागि आज नै नेकपा बालुवाटार जान लागेको स्रोतले जनाएको छ ।

    लामो समयदेखि भूमिगत राजनीतिमा रहेको नेकपा गत फागुन २१ गते वर्तमान केपी ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमती गर्दै शान्तिपूर्ण राजनीतिमा आउने घोषणा गरेको थियो ।

    विभिन्न मागहरु मध्ये उक्त नेकपाले सरकारसँग जेलमा रहेका आफ्ना नेताकार्यकर्ताहरुलाई रिहाइको माग रहेको थियो । तर आज सहमती भएको ४ महिना बितिसक्दा पनि आफ्ना मागहरु पूरा नभएको भन्दै नेकपा असन्तुष्ट बनेको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology