नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १ सय ५२ जना केन्द्रीय सदस्यले तत्काल पार्टीको केन्द्रीय केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आज केन्द्रीय कार्यालय धुम्बाराहीमा निवेदन दर्ता गरेका छन् । पार्टी विधान अनुसार एक चौथाई सदस्यले बैठक माग गरेको ३० दिनभित्र बैठक बोलाउनु पर्ने नेकपाको विधानमा व्यवस्था छ ।