Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शिक्षामन्त्रीलाई बर्खास्ती र सरस्वतीलाई तत्काल पक्राउ गर्न अन्तरिम आदेश माग गर्दै रुपा सुनार सर्वोच्चमा

शिक्षामन्त्रीलाई बर्खास्ती र सरस्वतीलाई तत्काल पक्राउ गर्न अन्तरिम आदेश माग गर्दै रुपा सुनार सर्वोच्चमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २०, २०७८ आइतवार • १७:०३:०८ बजे
  • 1.2K
    SHARES
  • शिक्षामन्त्रीलाई बर्खास्ती र सरस्वतीलाई तत्काल पक्राउ गर्न अन्तरिम आदेश माग गर्दै रुपा सुनार सर्वोच्चमा

    पोखरा । कोठा भाडा प्रकरणमा जातीय विभेदको स्सिकार बनेर चर्चामा आएकी सञ्चारकर्मी रूपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

    images

    दलित भएका कारण काठमाडौं बबरमहलकी सरस्वती प्रधानले डेरा भाडामा नदिएपछि उनले कानूनी कारवाहीको माग गर्दै जिल्ला प्रशासन र प्रहरीमा जाहेरी दिएपछि प्रधानलाई प्रहरीले हिरासतमा लिएको थियो । उनलाई हाजिरी जमानीमा छाडिएपछि शिक्षामन्त्री श्रेष्ठले आफ्नो गाडीमा राखेर घर पुर्‍याएका थिए ।

    जातीय भेदभाव तथा छुवाछुतजस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरी अभियुक्तलाई पदीय ओहोदा र सरकारी पद तथा स्रोत समेको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगेर जिम्मा लिएको सुनारको रिटमा उल्लेख छ । उनले संवैधानिक अनधिकृत कार्य गर्ने शिक्षामन्त्री श्रेष्ठलाई तत्काल पदबाट हटाई जातीय छुवाछुत तथा अन्य सामािजक भेदभाव ऐन बामेजिम अनुसन्धान तथा कारवाहीको माग गरेकी छन् ।

    त्यस्तै सरकारी वकिलको कार्यालयलाई समेत विपक्षी बनाएकी छन् । सुनारको रिटमा मुद्दाको प्रमाणहरु नष्ट गर्न सक्ने र उच्च पदस्थ व्यक्तिहरूमार्फत मुद्दाको अनुसन्धानमा बाधा गर्न सक्ने भएकाले घरबेटी सरस्वती प्रधानलाईसमेत तत्काल पक्राउ गर्न अन्तरिम आदेश माग गरेकी छन् ।

  • सम्बन्धित विषय:

  • # रुपा सुनार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology