Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओलीको रिस अन्त्य नभएसम्म एमाले एकता सम्भव छैनः गौतम

ओलीको रिस अन्त्य नभएसम्म एमाले एकता सम्भव छैनः गौतम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०७८ आइतवार • १९:१४:२७ बजे
  • 1.2K
    SHARES
  • ओलीको रिस अन्त्य नभएसम्म एमाले एकता सम्भव छैनः गौतम

    नेकपा एमालेका उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस अन्त्य नभएसम्म पार्टी एकता सम्भव नरहेको बताएका छन् । राष्ट्रियसभा बैठकबाट बाहिरिएने क्रममा आज सन्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले अहिले ओली र नेपाल एकअर्कासँग रिसाएकोले उनीहरुको रिस नमरेसम्म एकताको प्रयास सफल नहुने बताए । ओली र नेपालको यो रिस उनीहरु मातहतमा रहेका नेताको चिन्ताले घटाउन नसक्ने नेता गौतमले बताए ।

    images

    उनले ओली र नेपाललाई मिलाउन दौडथुप गरिराखेका दुवै गुटका युवा नेतातर्फ लक्षित गर्दै गौतमले मातहतका नेताको चिन्ताले काम नगर्ने प्रष्ट पारे। उहाँले भन्नुभयो, ‘माधव कमरेड धेरै रिसाउनु भएको छ केपी ओलीसँग केपी ओली पनि माधव नेपालसँग बेस्सरी रिसाउनु भएको छ, दुई जनाको रिस नमर्दासम्म मातहतमा रहेका साथीहरुको चिन्ताले पनि काम गर्दैन,एकता पनि सम्भव छैन । गौतमले अहिले आफू दुवै नेताको रिसलाई कसरी शिथिल पार्न सकिन्छ भनेर लागेको बताए ।

    रिस शिथिल भएपछि एकता हुने गौतमको विश्वास छ । साथै सर्वोच्चको निर्णय आएपछि एकता सम्भव हुन्छ भन्ने आफूलाई लागेको पनि गौतमको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology