Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विदेशी सेना समय सीमाभित्रै नफर्किए कब्जा गर्ने तालिबानको चेतावनी

विदेशी सेना समय सीमाभित्रै नफर्किए कब्जा गर्ने तालिबानको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०७८ सोमवार • ०९:५६:०० बजे
  • 1.2K
    SHARES
  • विदेशी सेना समय सीमाभित्रै नफर्किए कब्जा गर्ने तालिबानको चेतावनी

    एजेन्सी। आगामी सेप्टेम्बर महिनाबाट अफगानिस्तानबाट बाहिरिन उत्तर एटलान्टिक सन्धि संगठन, नेटोले तोकेको समय सीमा पश्चात् त्यहाँ बस्ने कुनै पनि विदेशी सैन्य फौजलाई कब्जा गर्नेहरूका रूपमा लिइने खतरा रहेको तालिबानले बताएको छ। कूटनीतिक नियोग र काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ मूलतः अमेरिकी फौज सहित १,००० विदेशी सेना त्यहीँ बस्न सक्ने विवरणकाबीच तालिबानको पछिल्लो भनाइ सार्वजनिक भएको हो। अफगानिस्तानमा नेटोको २० वर्ष लामो सैन्य मिसनको अन्त्य भएको छ। तर तालिबानले थप क्षेत्रमा पकड स्थापित गरेसँगै त्यहाँ हिंसा भने बढ्दो क्रममा छ।

    images

    अफगानी सुरक्षा निकायले एक्लै देशको सुरक्षाको जिम्मा लिने तयारी गर्दै गर्दा काबुलको भविष्यबारे चिन्ता बढिरहेको छ। तालिबानका प्रवक्ता सुहेल शाहीनले काबुलमा सैन्य कब्जा गर्नु ‘आफूहरूको नीति नरहेको’ बताएका छन्। तर कतारस्थित कार्यालयबाट बीबीसीसँग कुराकानी गर्दै उनले काबुलबाट फिर्ता जाने कार्य सम्पन्न भएपछि सैन्य ठेकेदार सहित त्यहाँ कुनै पनि किसिमका विदेशी सेनाको उपस्थिति हुन नहुने बताएका छन्।

    दोहा सम्झौताविरुद्ध उनीहरूले सेना कायमै राखे कसरी अघि बढ्ने भन्ने विषयबारे हाम्रो नेतृत्वले निर्णय लिने छ,’ शाहीनले बीबीसीसँग भने।’हामीले प्रतिक्रिया जनाउने छौँ। अन्तिम निर्णय भने हाम्रो नेतृत्वसँगै रहने छ।’ उनले कूटनीतिज्ञ, गैर सरकारी संस्था र अन्य विदेशी सर्वसाधारणहरूलाई तालिबानले निशाना नबनाउने बताउँदै उनीहरूलाई दिइँदै आएको सुरक्षाको आवश्यकता नरहेको बताए। ‘हामी विदेशी सैन्य फौजको विरुद्धमा छौँ।

    कूटनीतिज्ञ, गैर सरकारी संस्था, कामदार र दूतावासहरू होइन। त्यो यस्तो कुरा हो जुन हाम्रा मानिसहरूलाई आवश्यक छ,’ उनले भने। तालिबानसँग भएको सम्झौता अनुसार अमेरिका र उसका सैन्य गठबन्धनले आफ्ना सबै फौज फिर्ता लैजान सहमत भएका छन्। त्यसका लागि तालिबानले अलकायदा वा अन्य कुनै पनि अतिवादी समूहलाई उनीहरूले नियन्त्रण गर्ने क्षेत्रबाट परिचालित हुन नदिने प्रतिबद्धता जनाएका छन्।

  • सम्बन्धित विषय:

  • # तालिबान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology