Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चिनियाँ राष्ट्रपतिले आयोजना गरेको राजनीतिक दलहरुको भर्चुअल बैठकमा ओली, देउवा र प्रचण्ड सहभागी हुँदै

चिनियाँ राष्ट्रपतिले आयोजना गरेको राजनीतिक दलहरुको भर्चुअल बैठकमा ओली, देउवा र प्रचण्ड सहभागी हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०७८ सोमवार • १३:५४:५५ बजे
  • 1.4K
    SHARES
  • चिनियाँ राष्ट्रपतिले आयोजना गरेको राजनीतिक दलहरुको भर्चुअल बैठकमा ओली, देउवा र प्रचण्ड सहभागी हुँदै

    चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार आयोजना गर्न लागेको भर्चुअल छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) स्थापनाको सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपतिले आयोजना गर्न लागेको छलफलमा प्रधानमन्त्री ओलीसहित नेपालका शीर्ष नेतासमेत सहभागी हुने भएका छन् ।

    images

    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार छलफल हुने तय भए पनि समय भने निश्चित हुन बाँकी रहेको छ । छलफलमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लगायत समेत सहभागी हुने तय भएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology