Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोकाकोलाको भारत र दक्षिण-पश्चिम एसियाको उपाध्यक्षमा देवयानी राणा

कोकाकोलाको भारत र दक्षिण-पश्चिम एसियाको उपाध्यक्षमा देवयानी राणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०७८ सोमवार • १४:१०:४९ बजे
  • 1.4K
    SHARES
  • कोकाकोलाको भारत र दक्षिण-पश्चिम एसियाको उपाध्यक्षमा देवयानी राणा

    कोकाकोला भारतले नेपालकी देवयानी राज्यलक्ष्मी राणालाई आफ्नो उपाध्यक्षमा नियुक्त गरेको छ । कोकाकोलाले राणालाई भारत र दक्षिण-पश्चिम एसियामा कम्पनीको सार्वजनिक मामिला, सञ्चार र दीगोपना हेर्ने उपाध्यक्षको रुपमा नियुक्त गरेको हो । यसअघि राणाले काटरपिलर इन्डियाको निर्देशकको रुपमा रहेर भारत, नेपाल र भुटानको सार्वजनिक मामिला हेरेकी थिइन् ।

    images

    कोकाकोलाको भारत र दक्षिण-पश्चिम एसिया हेर्ने अध्यक्ष संकेत रेले देवयानीको आगमनले कोकाकोला यो क्षेत्रमा थप विस्तार हुने बताए । उनले देवयानीसँग नीति, नियम, व्यापार सम्झौता र नियमनबारे वकालत गरेको अनुभव रहेको रेले सुनाए । विगत २५ वर्षमा राणाले राष्ट्रसंघको विकास कार्यक्रम (यूएनडीपी) र राष्ट्रसंघ इन्डियाका साथै स्वाब फाउन्डेसन फर सोसियल इन्टर्ननर्सिप, जेनेभा र विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ)मा पनि काम गरिसकेकी छिन् ।

    राणाले यो अवधिमा यो क्षेत्रमा पूर्वाधार, वातावरण, सामाजिक र सुशासन र व्यापारमा प्रभावकारी रणानीतिको विकास गर्न सफल भएकी छिन् । साथै उनले कम्पनीको नाफा बढाउँदै व्यापार विस्तार पनि गराउन सफल भएकी छिन् । राणाले लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्स (एलएसई) अध्ययन गरेकी थिइन् । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा मास्टरडिग्री गरेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • # कोकाकोला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology