Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रतिनिधि सभा विघटन मुद्दाको किनार नलाग्दै निर्वाचन आयोगले निकाल्यो निर्वाचन तालिका

प्रतिनिधि सभा विघटन मुद्दाको किनार नलाग्दै निर्वाचन आयोगले निकाल्यो निर्वाचन तालिका

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २१, २०७८ सोमवार • १५:४४:०४ बजे
  • 940
    SHARES
  • प्रतिनिधि सभा विघटन मुद्दाको किनार नलाग्दै निर्वाचन आयोगले निकाल्यो निर्वाचन तालिका

    पोखरा । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ अन्तिम चरणमा पुगेका बेला निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ ।

    images

    निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले आजै मतदाता नामावली, दल दर्ता र तथा उम्मेदवारी मनोनयन लगायतका सबै कार्यतालिका औपचारिक रूपमा सार्वजनिक हुने जानकारी दिनुभयो । एवीसी न्यूजलाई प्राप्त आयोगको बैठकले तयार पारेको तालिका अनुसार पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा २० गते उम्मेदवारी मनोनयन गर्ने तालिका बनेको छ ।

    दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा असोज ३१ गते उम्मेदवारी मनोनयनको तालिका तय भएको छ । सरकारले पहिलो चरणमा कात्तिक २६ र दोस्रो चरणमा मंसिर ३ मा निर्वाचनको मिति तोकेको छ ।

    आयोगले निर्वाचन प्रयोजनका निम्ति दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समय दिने भएको छ ।स्रोत एविसी न्युज टिभी

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology