Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपाली सेनाले प्रहरीलाई दियो ३०० थान हतियार

नेपाली सेनाले प्रहरीलाई दियो ३०० थान हतियार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २१, २०७८ सोमवार • १६:०४:५८ बजे
  • 1.2K
    SHARES
  • नेपाली सेनाले प्रहरीलाई दियो ३०० थान हतियार

    पोखरा । नेपाली सेनाले नेपाल प्रहरीलाई ३०० सय थान हतियार, एम्युनिशन र सम्बद्ध सामग्री प्रदान गरेको छ ।

    images

    जङ्गी अड्डामा सोमबार आयोजित एक कार्यक्रममा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीलाई हतियार हस्तान्तरण गरेका हुन् । सेनापति थापाले ३०० नाल राइफल, एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

    यसअघि २०७७ साउन १४ गते पनि सेनाले सशस्त्र प्रहरी बललाई पनि ६०० वटा इन्सास राइफल दिएको थियो । नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई विभिन्न किसिम (राइफल, सब-मेशिनगन र लाइट मेशिनगन) का १० हजार ८१८ नाल र सोको एम्युनिशन १४ लाख ९४ हजार १६ वटा प्रदान गर्ने छ ।

    तीन चरणमा प्रदान गर्ने योजना अनुसार बाँकी हतियार २०७९ साल वैशाखमा उपलब्ध गराइने जङ्गी अड्डाले जनाएको छ । उपलब्ध गराइएका हतियार सञ्चालन र मर्मत-सम्भार तालिम पनि नेपाली सेनाले नै दिनेछ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology