Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमालेमा विवाद सर्वोच्चको फैसला अघि मिलाउने प्रयास

एमालेमा विवाद सर्वोच्चको फैसला अघि मिलाउने प्रयास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • १०:०४:१३ बजे
  • 760
    SHARES
  • एमालेमा विवाद सर्वोच्चको फैसला अघि मिलाउने प्रयास

    संसद् विघटन सम्बन्धी मुद्दाको सर्वोच्च अदालतले फैसला गर्नुअघि नेकपा एमालेमा विवाद मिलाउने प्रयास भइरहेको छ । विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यदल ब्युताउन सहमत भएपछि सोमबार पनि नेताहरुबिच छलफल भएको थियो ।

    images

    कार्यदलमा संस्थापन पक्ष र माधव नेपाल–झलनाथ खनाल पक्षका पाँच–पाँच जना सदस्य रहेका छन् । कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल खनाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन् । गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो ।

    प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सकिएलगत्तै एमाले कार्यदलले सहमतिको प्रयास तिव्र पारेको हो । सर्वोच्चको फैसला आउनु अघि नै पार्टीको विवाद मिलाउन ओली निकै लचक देखिएका छन् । यसक्रममा ओलीले आफ्नो पक्षका नेताहरुलाई सक्रिय हुन् निर्देशन दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology