Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेज कालोसूचीमा

शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेज कालोसूचीमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • ११:४९:०७ बजे
  • 838
    SHARES
  • शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेज कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । अनुगमनको कार्यालयले पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखेको हो ।

    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी ठेकेदारुको रुपमा चिनिएका शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेज कालोसूचीमा परेको हो । मल खरिदमा शर्तअनुसार काम नगरेपछि कृषि सामाग्री केन्द्रको सिफारिसमा उनको कम्पनी शैलुङ इन्टरप्राइजेजलाई कालोसूचीमा राखिएको हो । 

    कम्पनीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। यो अवधिमा सो कम्पनीले कुनै पनि प्रकारको सार्वजनिक खरिदसम्बन्धी काममा सहभागिता जनाउन पाउने छैन । शैलुङकै कारण बजारमा मलको हाहाकार भएको थियो ।

    अधिकारीको अर्को कम्पनी शैलुङ कन्ट्रक्सन पनि ठेक्का पारेर काममा अलपत्र पार्ने कम्पनीको रुपमा चिनिन्छ । बालाजुबाट नुवाकोट जाने सडक, नगरकोट जाने सडक लगायत सडकहरु वर्षौदेखि अलपत्र पार्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology