Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वमा पछिल्लो २४ घन्टामा २ लाख ८४ हजार ४ सय ५५ जनामा कोरोना संक्रमित

विश्वमा पछिल्लो २४ घन्टामा २ लाख ८४ हजार ४ सय ५५ जनामा कोरोना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०७७ बिहिवार • ०८:४५:०९ बजे
  • 1.4K
    SHARES
  • विश्वमा पछिल्लो २४ घन्टामा २ लाख ८४ हजार ४ सय ५५ जनामा कोरोना संक्रमित
    एजेन्सी । कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा २ लाख ८४ हजार ४ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संख्या अहिलेसम्मकै धेरै मध्येको एक हो । यसअघि सबैभन्दा धेरै २ लाख ९३ हजार पुगेको थियो ।


    पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै ब्राजिलमा ७० हजार ८ सय ६९ जनामा संक्रमण भएको छ । त्यस्तै अमेरिकामा ६६ हजार ९ सय २१, भारतमा ५२ हजार २ सय ४९, दक्षिण अफ्रिकामा ११ हजार ३ सय ६२, मेक्सिकोमा ७ हजार २ सय ८, रसियामा ५ हजार ४ सय ७५ र कोलम्वियामा ८ हजार ६ सय ७० जनामा संक्रमण भएको छ ।

    पछिल्लो २४ घन्टामा ज्यान गुमाउनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घन्टामा ६ हजार ८ सय २६ जनाको कोरोनाबाट ज्यान गएको छ । अघिल्लो दिन ५ हजार ६ सय ४४ जनाको ज्यान गएको थियो ।

    ज्यान गुमाउनेमध्ये अमेरिकामा १ हजार ४ सय ८५, ब्राजिलमा १ हजार ५ सय ५४, भारतमा ७ सय ७९ र मेक्सिकोमा ८ सय ५४ जना रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology