Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मनाङको नासों गाउँपालिका-५ थोंचेका वडाध्यक्ष पुनेलको हृदयघातका कारण निधन

मनाङको नासों गाउँपालिका-५ थोंचेका वडाध्यक्ष पुनेलको हृदयघातका कारण निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • १३:०३:४२ बजे
  • 1.5K
    SHARES
  • मनाङको नासों गाउँपालिका-५ थोंचेका वडाध्यक्ष पुनेलको  हृदयघातका कारण  निधन

    मनाङ । मनाङको नासों गाउँपालिका-५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको सोमवार निधन भएको छ । पचास वर्षीय पुनेलको हृदयघातका कारण निधन भएको हो ।

    images

    नेपाली कांग्रेसबाट निर्वाचित भई गाउँपालिकाका प्रवक्ता समेत रहेका उनको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङमा अपराह्न निधन भएको अस्पतालले जनाएको छ ।

    आर्थिक वर्षको अन्त्य, योजना छनोट, नीति तथा कार्यक्रम निर्माण, बजेट निर्माणका लागि असार पहिलो साता उनि काठमाडौँ गएर आइतवार मात्रै बेँसीशहर फर्किएका थिए । गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार सोमबार बिहान खाना पनि नखाई बेँसीशहरको होटेलमा बसेका उनि हृदयघातका कारण ढलेपछि उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

    उपचारका लागि १० बजेर ५० मिनेटमा जिल्ला अस्पताल पुर्‍याइएकामा उपचारका क्रममा मध्याह्न १२ बजेतिर उनको निधन भएको अस्पतालका प्रशासक हेमन्त श्रेष्ठले बताए ।रासस

  • सम्बन्धित विषय:

  • # वडाध्यक्षको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology