Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

निर्वाचन आयोगमा जसपाका महन्थ र उपेन्द्र पक्षले भने- हामीलाई अलग गरिदिनुस्

निर्वाचन आयोगमा जसपाका महन्थ र उपेन्द्र पक्षले भने- हामीलाई अलग गरिदिनुस्

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २२, २०७८ मंगलवार • १३:५१:१९ बजे
  • 1.1K
    SHARES
  • निर्वाचन आयोगमा जसपाका महन्थ र उपेन्द्र पक्षले भने- हामीलाई अलग गरिदिनुस्

    पोखरा । निर्वाचन आयोगले बोलाएको बैठकमा जनता समाजवादी पार्टी जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले आफूहरूलाई अलग-अलग गरिदिन आग्रह गरेका छन्।

    images

    उनीहरूले एकअर्कालाई कारबाही गर्दै आयोगमा जानकारी पठाएका थिए। आयोगले दुबै पक्षका नेतालाई आज छलफलका लागि बोलाएको थियो। उक्त छलफलमा सहभागी ठाकुर पक्षका नेता अनिल झाले मिलेर जानेबारे केहीबेर छलफल गरे पनि त्यो सम्भावना नदेखिएकोले अलग हुन हस्ताक्षर गरिएको बताए।

    लामो समयदेखि अध्यक्षद्वय ठाकुर र यादव पक्षबीच विवाद छ। आयोगमा आज भएको छलफलमा सहभागी दुबै तर्फका नेताहरूलाई आयोगले हस्ताक्षर गराएको थियो भने माइन्युट खडा गरेको झा बताउँछन्।

    अध्यक्ष ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा गएको थियो। १९ दिनमै मन्त्रीहरू बिदा भएका थिए। यस्तै ओली सरकारमा जान नहुनेमा अर्का अध्यक्ष यादव पक्ष थियो।

    यादव पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर दिएको छ।

  • सम्बन्धित विषय:

  • # जसपा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology