Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुन्छ देउवा प्रधानमन्त्री : प्रचण्ड

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुन्छ देउवा प्रधानमन्त्री : प्रचण्ड

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २२, २०७८ मंगलवार • १४:३३:४४ बजे
  • 1.4K
    SHARES
  • सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुन्छ देउवा प्रधानमन्त्री : प्रचण्ड

    पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुने दाबी गरेका छन् ।

    images

    प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने जिकिर गरे । केन्द्रीय सदस्य महादेव यादवलाई श्र'द्धा'ञ्जलि दिन मंगलवार जनकपुर पुगेका प्रचण्डले प्रतिनिधि सभाका १४६ सांसदको हस्ताक्षरका आधारमा सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने दाबी गरे ।

    ‘प्रतिनिधिसभा पुनःस्थापना हुँदैन भन्नुको अर्थ संविधान र लोकतन्त्र मिचे पनि हुन्छ भन्ने जस्तै हो, त्यतातिर म कल्पना गर्न सक्दिनँ,’ प्रचण्डले भने । देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा बहस सकिएको छ ।

    असार २८ गतेको लागि पेशी तोकिएको छ । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली एकपछि अर्को गर्दै नि'रंकु'श बन्दै गइरहेको समेत आरोप लगाए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology