Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एकै पटक जन्मेका तिम्ल्याहा दिदीबहिनी,गर्भवती पनि एकैपटक

एकै पटक जन्मेका तिम्ल्याहा दिदीबहिनी,गर्भवती पनि एकैपटक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • १७:०१:०३ बजे
  • 1.1K
    SHARES
  • एकै पटक जन्मेका तिम्ल्याहा दिदीबहिनी,गर्भवती पनि एकैपटक

    तपाई हामीलाई सुन्दा अचम्म लाग्न सक्छ एकै पटक जन्मेका तिम्ल्याहा दिदीबहिनी गर्भवती पनि एकैपटक भएका छन् । यो कुरा असम्भव जस्तै भए पनि क्यालिफोर्नियामा भने सम्भव भएको छ । एकैपटक जन्मिएका तिम्ल्याहा दिदीबहिनीको जीवनमा यस्तो समय पनि आएको छ जुन सामान्यतया अरु जुम्ल्याहाहरुको जीवनमा नहुन सक्छ । यी तीनैजना दिदीबहिनी एकैपटक गर्भवती भएका छन् । यी तीन दिदीबहिनीले केही समयको अन्तरालमा पालैपालो सन्तान जन्माउनेछन् ।

    images

    अहिले यी तीन दिदीबहिनी आफ्नो गर्भावस्थाका अनुभवहरु साझा गरिरहेका छन् । यी तीन दिदीबहिनीहरु गिना, निना र भिक्टोरिया हुन् । यो कुरालाई लिएर यी तीनैजना दिदीबहिनी निकै उत्साहित छन् । उनीहरुले आफ्ना बच्चाहरुमा पनि आफूहरुमा जस्तै प्रेम होस् भन्ने चाहन्छन् । दक्षिणी क्यालिफोर्नियाका यी दिदीबहिनीमध्येकी कान्छी भिक्टोरियाले फक्स न्यूजसँग कुरा गर्दै आफूहरु एकैपटक गर्भवती हुनु सपना वास्तविकता भएजस्तै भएको बताइन् । उनले अगाडि भनिन्–‘यो स्थितिमा हामी एक अर्कासँग के खान मन लागेको छ, कस्तो महसुस भइरहेको छ, कत्तिको थकाइ लागेको छ भन्ने जस्ता कुराहरु पनि साझा गर्छौं ।’ भिक्टोरियाकी पहिले नै २ वर्षकी छोरी पनि छिन् ।

    ९ जुलाइमा उनको दोस्रो सन्तान जन्मिँदैछ । निनाले २८ अगष्टमा बच्चा जन्माउँदैछिन् । उनले पहिलो सन्तान छोरा जन्माउन चाहन्छिन् । सबैभन्दा जेठी गिनाको सन्तान भने सबैभन्दा पछि नोभेम्बरमा जन्मिनेछ । नोभेम्बरमा जन्मिने बच्चा गिनाको तेस्रो सन्तान हुनेछ । उनका ८ वर्षका छोरा र ५ वर्षकी छोरी छन् । उनीहरुले एकैपटक गर्भवती हुने योजना भने बनाएका थिएनन् र यो योजनाबद्ध तरिकाले भएको पनि होइन । जेठी गिनाले पिपुल म्यागजिनसँग कुरा गर्दै भनिन् ‘म गर्भवती हुने पछिल्ली थिएँ । मैले इस्टर डिनरमा यसबारे बताउँदा बहिनीहरु चिच्याउन थाले ।

    आमाले यो हुनै सक्दैन, के तिमी सिरियस छौं भनिरहनुभएको थियो ।’ गिनाले आफूहरुले यस्तो होला भन्ने कहिल्यै नसोचेकोले अचानक यस्तो संयोग पर्दा निकै उत्साहित भएको बताइन् । उनीहरु आफूहरु ४ मिनेटको फरकमा जन्मिएका थिए । माइली निनाका अनुसार एक वर्षअघिदेखि उनले आफ्ना श्रीमानसँग बच्चा जन्माउने योजना बनाइरहेकी थिइन् तर यस विषयमा दिदीबहिनीसँग भने सल्लाह भएको थिएन किनकि उनका दिदीबहिनीले पहिले नै बच्चा जन्माइसकेका थिए । अब निनाले पहिले बच्चा जन्माइसकेका दिदीबहिनीसँग गर्भावस्थाको बारेमा परामर्श लिइरहेकी छिन् । एजेन्सीको सहयोगमा

  • सम्बन्धित विषय:

  • # तिम्ल्याहा दिदीबहिनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology