Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

औद्योगिक क्षेत्रबाट निर्यात व्यापार बर्सेनि ओरालो लाग्दै

औद्योगिक क्षेत्रबाट निर्यात व्यापार बर्सेनि ओरालो लाग्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०७७ बिहिवार • ०८:५४:५७ बजे
  • 1.8K
    SHARES
  • औद्योगिक क्षेत्रबाट निर्यात व्यापार बर्सेनि ओरालो लाग्दै
    नेपालकै ठुलो औद्योगिक सहरमध्येको एक हेटौंडाको निर्यात व्यापार बर्सेनि ओरालो लाग्दै गएको छ ।सय वटाभन्दा बढी उद्योग नियमित सञ्चालनमा रहेको औद्योगिक क्षेत्रमा उत्पादित बस्त’हरूको भारत तथा तेस्रो मुलुकमा हुने निकासीमा भने भारी गिरावट आइरहेको छ ।

    दशकअघिको तुलनामा झण्डै ८० प्रतिशतले निर्यात व्यापार खस्किएको तथ्यांकले देखाएको छ । एक दशकअघि आर्थिक वर्ष २०६५/६६ मा मकवानपुरबाट २८ वटा उद्योगले भारत तथा तेस्रो म’ल’कमा आफ्नो उत्पादन निकासी गरेकोमा आब ०७६/७७ सम्म आइपुग्दा ५ वटामा खुम्चिन पुगेको छ ।

    आव ०६५/६६ मा जिल्लाबाट एक अर्ब २७ करोड १५ लाख ६५ हजार रुपैयाँको औद्योगिक उत्पादन भारत तथा तेस्रो मुलुकमा निकासी भएकोमा गत वर्षको तथ्यांकलाई तुलना गर्दा झण्डै ८० प्रतिशतले व्यापारमा गिरावट आएको देखिन्छ ।

    बितेको वर्ष ०७५/७६ मा निर्यात व्यापार ३६ करोड ११ लाखमा सीमित बन्न पुगेको हो । आर्थिक वर्ष २०७५/०७६ को तुलनामा बितेको आर्थिक वर्ष २०७६/७७ मा निर्यात व्यापारमा झण्डै २ करोड रुपैयाँभन्दा बढीले गिरावट आएको देखिन्छ । आर्थिक वर्ष ०७५/०७६ मा मकवानपुरको निर्यात व्यापार ३८ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

    ०७४/०७५ को तुलनामा भने बितेको वर्षको व्यापार सन्तोषजनक नै हो । आव ०७४/०७५ मा भने निर्यात अत्यन्तै खुम्चिएर २० करोड ७८ लाख २७ हजारमा झरेको थियो । ०७५/०७६ र ०७६/०७७ मा ५ वटा उद्योगले मात्र भारत तथा तेस्रो मुलुकमा आफ्नो सामान निर्यात गरेका छन् । (कारोबार)

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology