Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

आन्दोलनको कार्यक्रम घोषणा

आन्दोलनरत पाँच विद्यार्थी संगठनद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा

आन्दोलनरत पाँच विद्यार्थी संगठनद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • १९:३३:५२ बजे
  • 1.6K
    SHARES
  • आन्दोलनरत पाँच विद्यार्थी संगठनद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा

    विभिन्न माग राख्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेको छ । सोमबार अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बागबजारमा बसेको पाँच विद्यार्थी संगठनको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो । नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल (छैटौँ) का अध्यक्ष विमल पोखरेलले संयुक्त प्रेस नोट जारी गरेर आन्दोलनका कार्यक्रमबारे जानकारी दिएका हुन् ।

    images

    आन्दोलनको घोषणा गर्दै विद्यार्थी पाँच विद्यार्थी संगठनले २४ असारमा देशव्यापी सिट्ठी जुलुस र २७ असारमा माइतीघरमा शंख फुकेर प्रतिगमनविरुद्ध विरोध प्रदर्शन गर्ने प्रेस नोटमा उल्लेख गरेका छन् । बैठकले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनस्र्थापना गर्ने विश्वाससमेत लिएको छ । यस्तै, बैठकले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितता, भ्रष्टाचार, निजीकरण र माफियाकरणले प्रतिष्ठान धराशायी हुने अवस्थामा पुगेको निष्कर्ष निकाल्दै उपकुलपतिको बर्खास्तीको माग गर्दै भइरहेको आन्दोलनमा ऐक्यबद्धता प्रकट गरेको छ ।

    Student.jpg_..jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology