Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सुजिता भण्डारी मृत्यु प्रकरण : चितवनमा कर्फ्यू आदेश जारी

सुजिता भण्डारी मृत्यु प्रकरण : चितवनमा कर्फ्यू आदेश जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • २०:४०:१५ बजे
  • 4.0K
    SHARES
  • सुजिता भण्डारी मृत्यु प्रकरण : चितवनमा कर्फ्यू आदेश जारी

    चितवन । चितवनमा सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर स्थानीयले गरेको आन्दोलन मत्थर पार्न जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

    images

    मृतक भण्डारीको घर नजिकैको पूर्वपश्चिम राजमार्ग खण्डमा कर्फ्यू लगाइएको हो । जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी आदेशमा पूर्वपश्चिम राजमार्गको राप्ती वडा नम्बर १ लोथरपुलदेखि राप्ती–४ डढुवासम्मको राजमार्गको दायाँबायाँ ५ सय मिटरभित्र पर्ने सबै क्षेत्रमा कर्फ्यू लगाइएको उल्लेख छ ।

    आदेशअनुसार आज २२ गते साँझ ७ः३० बजेदेखि २३ गत बेलुकी ७ः३० बजेसम्म कर्फ्यू जारी रहने छ । कर्फ्यूका क्रममा लामोदुरीका सवारीसाधन सञ्चालनबाहेक कुनै पनि व्यक्तिले आवातजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृतिबेगर बाहिर निस्किन नपाउने प्रमुख जिल्ला अधिकारीको आदेशमा उल्लेख छ ।

    प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आदेशको अवज्ञा गरे गराएमा तत्कालै गिरफ्तारी गरेर १ महिनासम्म कैद वा जरिवाना वा दुबै सजाय हुनसक्ने गरी सूचना जारी गरेका छन् । गत असार ११ गतेदेखि वेपत्ता सुजिताको शव २० गते घर नजिकैको सामुदायिक वनमा फेला परेको थियो । उनको शवलाई पोष्टमार्टमका लागि लिएर आउने क्रममा स्थानीयले राप्ती–३ झुरझुरेमा करिब ८ घण्टा सडक अवरुद्ध गरेका थिए ।

    घटनाको निष्पक्ष छानविन हुनुपर्ने, दोषिलाई कडा कारवाही हुनुपर्ने मागसहित आज दिउँसो ३ बजेदेखि राजमार्गमै बसेर स्थानीय र अधिकारकर्मीले नाराबाजी गरेका थिए । सो क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा ७ प्रहरी घाईते भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology