Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्रीको सहमतिमा देशभरका गुप्तचर कमाण्डरको अदलीबदली शुरु

प्रधानमन्त्रीको सहमतिमा देशभरका गुप्तचर कमाण्डरको अदलीबदली शुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७८ बुधवार • ०९:१७:०८ बजे
  • 1.1K
    SHARES
  • प्रधानमन्त्रीको सहमतिमा देशभरका गुप्तचर कमाण्डरको अदलीबदली शुरु

    काठमाडौं । देशभरका गुप्तचर कमाण्डरको अदलीबदली शुरु भएको छ । हालै राष्ट्रिय अनुसन्धान विभागका डिआइजीहरु विभिन्न प्रदेशबाट हेरफेर भएका हुन् ।

    images

    प्रदेश १ को कमाण्ड सम्हालेका ३३ किलो सुनकाण्ड छानबिनवाला हुतराज थापा धरानबाट विभागको कन्ट्रोल हुँदै सुदूरपश्चिमको कमाण्डर बनाइएका छन् । प्रकाश पाण्डे प्रदेश १ मा गएका छन् । टेकेन्द्र कार्कीलाई कर्णाली प्रदेशको जिम्मेवारी दिइएको छ । लक्ष्मण गुरुङ प्रशासनबाट लुम्बिनी प्रदेश गएका छन् ।

    सुमन वैद्य बागमती प्रदेशबाट गण्डकी र हरिहर पौडेल लुम्बिनीबाट बागमती प्रदेश तोकिएका छन् । ओम जोशी सुदूरपश्चिमबाट प्रदेश २ जनकपुर जाँदा सुनील ढकाल र कूलदीप थापा विभागमा तानिएका छन् । यी दुईमध्ये एक जना प्रशासनमा जाने बुझिन्छ । दुबै जना प्रमुख अधिकृत गणेश अधिकारीका निकट मानिन्छन् ।

    एसएसपीतर्फ राजन उप्रेती समाचार संकलन, सम्पादनबाट अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएका छन् भने भीमबहादुर बुढाथोकी र ओमबहादुर खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्मा पठाइएको छ । माधव तिमिल्सिना प्रशासनबाट नयाँदिल्लीस्थित दूतावासमा खटाइएका हुन् । त्यहाँ तीन वर्ष कार्यकाल पूरा गरेका इन्द्र लामालाई विभागमा फर्काएर चीफको लाइनमा रहेका लमजुङका किशोर श्रेष्ठलाई एयरपोर्टबाट विभागमा तानिएको छ ।

    यसबाहेक आजभोलिमै डिएसपीहरुको सरुवा पनि निकाल्ने तयारी छ । विभागले राष्ट्रिय सुरक्षा परिषद्मा एकजना डिआइजी पठाउन सक्छ । तर, अहिलेसम्म कसैलाई पठाइएको छैन ।

    गुप्तचर विभाग हाल प्रधानमन्त्रीको मातहतमा छ । त्यस्तै, सशस्त्र प्रहरीमा डिआइजी बढुवाको तयारी शुरु भएको छ । जनआस्था साप्ताहिकमा खबर छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology