Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्र खारेजीका लागि पूर्व माओवादी नेताहरुले निर्वाचन आयोगमा निवेदन दिदै

माओवादी केन्द्र खारेजीका लागि पूर्व माओवादी नेताहरुले निर्वाचन आयोगमा निवेदन दिदै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २३, २०७८ बुधवार • १२:०६:३६ बजे
  • 1.5K
    SHARES
  • माओवादी केन्द्र खारेजीका लागि पूर्व माओवादी नेताहरुले निर्वाचन आयोगमा निवेदन दिदै

    पोखरा । नेकपा माओवादी केन्द्र खारेजीका लागि पूर्व माओवादी नेताहरु निर्वाचन आयोगमा निवेदन दिने भएका छन ।

    images

    माओवादी केन्द्रको वैधानिकता समाप्त भैसकेको दाबी गर्दै माओवादी पृष्ठभूमिका एमाले नेताहरुले आयोगमा निवेदन दिन थालेका हुन्। उनीहरुले आज दिउँसो निर्वाचन आयोगमा निवेदन बुझाउन जाने तयारी गरेका हुन्।

    माओवादी केन्द्रको सातौँ महाधिवेशन २०६९ साल माघमा भएको थियो। राजनीतिक दल सम्बन्धी व्यवस्थामा पाँच वर्षभित्रै महाधिवेशन गरिसक्नुपर्ने प्रावधान छ।

    ६ महिना म्याद थप्न मिल्ने प्रावधान बमाेजिम पनि ७५ असार भित्रै भैसक्नुपर्ने महाधिवेशन अहिलेसम्म नभएकोले माओवादी केन्द्रको वैधानिकता स्वतः खारेज भएको दाबीसहित माओवादी छाडेका नेताहरुले आयोगमा निवेदन दिन थालेका हुन्।

    माओवादी त्यागेर एमाले बनेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू शाह लगायतले यसको नेतृत्व गरेको बताइएको छ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology