Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पूर्व जाने र पश्चिम जानेहरु एकै ठाउँमा बसेर कतै पनि पुगिन्न : बाबुराम भट्टराई

पूर्व जाने र पश्चिम जानेहरु एकै ठाउँमा बसेर कतै पनि पुगिन्न : बाबुराम भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७८ बुधवार • १८:२३:५५ बजे
  • 1.6K
    SHARES
  • पूर्व जाने र पश्चिम जानेहरु एकै ठाउँमा बसेर कतै पनि पुगिन्न : बाबुराम भट्टराई

    जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पार्टी एकता र फुटको कुनै सुत्र नहुने बताएका छन् । पछिल्लो समय जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विवाद छ ।

    images

    दुवै पक्षले एकअर्कालाई कारबाहीको निर्णय गर्दै निर्वाचन आयोगमा अद्यावधिकका लागि निवेदनसमेत दिएका थिए । यद्यपि आयोगले दुवै पक्षको कारबाही अमान्य भन्दै जसपाको पुरानै पदाधिकारी कायम रहने निर्णय गरेको थियो ।

    यसैबीच पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले एकताबाट खुशी र फुट्दा दुखी हुने भन्दै पूर्व जाने र पश्चिम जानेहरू एकै ठाउॅमा बसेर कतै पनि नपुगिने उल्लेख गरेका छन्। बरू पूर्व जाने एकातिर पश्चिम जाने अर्कोतिर हुॅदा राम्रो हुने भन्दै अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गरेका छन्।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology