Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओली-नेपालबीच मेरियट होटलमा ‘वान टु वान’ भेटवार्ता, विवाद समाधानको दिशातर्फ

ओली-नेपालबीच मेरियट होटलमा ‘वान टु वान’ भेटवार्ता, विवाद समाधानको दिशातर्फ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७८ बुधवार • २०:२४:५४ बजे
  • 877
    SHARES
  • ओली-नेपालबीच मेरियट होटलमा ‘वान टु वान’ भेटवार्ता, विवाद समाधानको दिशातर्फ

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वान टु वान भेटवार्ता भएको छ । स्रोतले दिएको जानकारी अनुसार नेता नेपाल सात बजे होटल मेरियटमा पुगेका थिए भने नेता नेपाल पुगेको केही बेरमा अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि मेरियटमा पुगेका छन् । पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउँदै गर्दा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो ।

    images

    यसअघि आजै बसेको कार्यदलको बैठकले पार्टी विवाद समाधानउन्मुख भएको र केही विषयमा छलफल गरेर अन्तिम रुप दिने निर्णय गरेको थियो । त्यसका लागि ओली र नेता नेपालबीच भेटवार्ता गर्ने नेताहरुले बताएका थिए । यसअघि आज कार्यदलको सिंहदरबारमा बसेको बैठकले प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गरी बिहीबार पुनः बैठकपछि ठोस रुप दिइने समझदारी भएको बताइएको छ ।

    एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वाेच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न आज साँझ ५ बजेसम्म समय दिइएका सन्दर्भमा कार्यदल सक्रिय भएको हो ।

    नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकी गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो । कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता नेपाल पक्षबाट डा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # ओली-नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology