Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कास्कीमा काँग्रेसका १९ हजार १४२ क्रियाशील सदस्य

कास्कीमा काँग्रेसका १९ हजार १४२ क्रियाशील सदस्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७८ बिहिवार • ११:१७:०१ बजे
  • 1.2K
    SHARES
  • कास्कीमा काँग्रेसका १९ हजार १४२ क्रियाशील सदस्य

    पोखरा । नेपाली काँग्रेस कास्कीले क्रियाशील सदस्यको विवरण पार्टीको केन्द्रीय कार्यालयलाई बुझाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेको पदाधिकारीको टोलीले विवरण बुझाएको हो ।

    images

    जिल्लाबाट पार्टीका नयाँ र पुराना गरी १९ हजार १४२ जना क्रियाशील सदस्यको नामावली बुझाएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

    टोलीले पार्टीका केन्द्रीय नेतासँग भेटघाट गरी मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टीको आगामी १४ औँ महाधिवेशनबारे छलफल गरेको उनले बताए ।

    टोलीमा उपसभापति आइबहादुर गुरुङ, सचिव सुदीपमोहन भट्टराई, देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे र प्रवक्ता सिग्देल रहेका थिए ।रासस

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology