Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दै

नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०७८ शुक्रवार • १०:४१:२२ बजे
  • 676
    SHARES
  • नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दै

    सत्तारुढ दल नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दैछ । आज बिहान साढे ११ बजे अर्थ मन्त्रालयमा बैठक बस्ने तय भएको नेता सुवास नेम्वाङले जानकारी दिए। नेकपा एमाले भित्रको विवाद समाधान गर्न गठन भएको कार्यदलको प्रगति विगत १० दिन देखि शून्य रहेका बेला फेरि बैठक बस्न लागेको हो।

    images

    बिहीबार बिहान बसेको बैठकपछि बाहिरिने क्रममा वार्तामा रहेका नेताहरुले बेलुका सहमति हुने भनेर पत्रकारहरुलाई सकारात्मक संदेश दिएका थिए। तर बिहीबार बेलुका बसेको बैठक औपचारिक रुपमा नबसी सकिएपछि बाहिरिने क्रममा नेता घनश्याम भुसालले १० दिन यता कुनै प्रगति नभएको खुलासा गरेका थिए ।

    सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहिबार दोस्रो पटक बसेको बैठकमा प्रधानमन्त्री ओली पक्षका वार्ता सदस्य अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित भएपछि विषय प्रवेश नै नगरी दुवै पक्षका नेताहरु बाहिरिएका थिए। बाहिरिने क्रममा नेता भुसालले भने, ‘हामी करिब १० दिनअघि जुन अवस्थामा थियौँ अहिले पनि त्यहि अवस्थामा छौँ।

    खास प्रगति गरेका छैनौँ।’ यता वार्ता समितिका अर्का सदस्य नेम्वाङले आज बिहान बस्ने बैठकले सहमतिसहित निष्कर्ष दिने दावी गरेका छन ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology