नेपाली नायिका जेनी कुँवरले आत्मह'त्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले आत्मह'त्या गरेको प्रहरीले जनाएको छ । बानेश्वर बृत्तका प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा आत्मह'त्या भएको बताएको छ भने घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको जनाएको छ ।
शवसँगै सुसाईड नोट पनि भेटिएको छ । नोटमा उनले आफू ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छिन् । ‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुवँरको पछिल्लो फिल्म हलचल थियो । उनले विन्तिपत्र, मलाई माफ गरिदेउ, कानून, अभिमन्यू, मैदान, जीननदाता लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् ।
केही समय पहिले पशुपती क्षेत्र आफ्ना पुर्खाले खडा गरेको भन्दै बस्ने गरेकी थिइन् । पशुपती क्षेत्रको उनको बसाई विवादास्पद थियो भने उनका उत्तेजक क्रियाकलाप सामाजिक सञ्जालमा भाइरल हुने गरेका थिए ।