Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादी केन्द्रको आपत्ति

पार्टीसँग कुनै सरोकार नराख्ने व्यक्तिले दल दर्ता र खारेजी भन्दै दुष्प्रचार गरेकोमा माओवादी केन्द्रको आपत्ति

पार्टीसँग कुनै सरोकार नराख्ने व्यक्तिले दल दर्ता र खारेजी भन्दै दुष्प्रचार गरेकोमा माओवादी केन्द्रको आपत्ति

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २५, २०७८ शुक्रवार • १४:४८:४८ बजे
  • 1.2K
    SHARES
  • पार्टीसँग कुनै सरोकार नराख्ने व्यक्तिले दल दर्ता र खारेजी भन्दै दुष्प्रचार गरेकोमा माओवादी केन्द्रको आपत्ति

    पोखरा । पार्टीसँग कुनै सरोकार नराख्ने व्यक्तिले दल दर्ता र खारेजी भन्दै दुष्प्रचार गरेकोमा नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

    images

    माओवादी केन्द्रीय कार्यालयका कार्यलय सचिव श्रीराम ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्र दल दर्ता खारेजीका लागि सरोज बुढाथोकीले निर्वाचन आयोगमा निवेदन दर्ता गराएको सार्वजनिक भएकोमा पार्टीको ध्यानाकर्षण भएको भन्दै त्यसरी निवेदन दिने व्यक्ति पार्टीमा सरोकार नै नराख्ने भएको स्पस्ट पारेका छन् ।

    ‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता दल खारेजी सम्बन्धी सामान्य कानुनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो हर्कत गर्नु हास्यास्पद देखिन्छ’ विज्ञप्तिमा भनिएको छ । माओवादीले केही अवसरवादी, स्वार्थी लालची र अनैतिक तत्वले दुष्प्रचार गरी पार्टीलाई वदनाम गराउन सकिन्छ भन्ने मनसायले यसरी दुष्प्रचार गरेको प्रस्ट भएको पनि जनाएको छ ।

    ​सो पार्टीले संविधान, कानुन र विधिविधान विपरित दुष्प्रचार गरेकोमा पाटीका नेता कार्यकर्ता र शुभचिन्तकहरुलाई भ्रममा नपर्न आग्रह समेत गरेको छ । ‘हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ’ वक्तव्यमा भनिएको छ । साथै त्यसप्रकारका अनाधिकृत तथा आयोगसँग सरोकार नै नराख्ने निवेदन स्वीकृत गर्दा अनावश्यक भ्रम सिर्जना हुने भएकाले आइन्दा त्यसो नगर्न माओवादीले आयोगलाई आग्रह समेत गरेको छ ।

    पूर्व माओवादी नेता प्रभु साह लगायतले माओवादी केन्द्र अवैधानिक भन्दै दल दर्ता खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिन लगाएका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology