आज शुक्रबार सुनको मुल्यमा एक सयले उकालो लागेको छ । केही दिनयता लगातार बढिरहेको सुनको मूल्य आज बढे संगै प्रतितोला ९२ हजार ४०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत १०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।
यता चाँदीको मूल्य भने बिहीबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर आज एक हजार ३ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।