Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बरंजा स्वास्थ्य चौकीलाई १ लाख ९० हजार बराबरको २ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

बरंजा स्वास्थ्य चौकीलाई १ लाख ९० हजार बराबरको २ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आषाढ २५, २०७८ शुक्रवार • १९:१८:१६ बजे
  • 3.1K
    SHARES
  • बरंजा स्वास्थ्य चौकीलाई १ लाख ९० हजार बराबरको २ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

    म्याग्दी जिल्ला मंगला गाउँपालिका -३, बरंजामा रहेको बरंजा स्वास्थ्य चौकी लाई  २ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ।

    images

    मंगला ३ बरंजा आर्भाङ्ग घर भै  हाल सनराइज बैंक काठमाडौँमा कार्यरत सुमन शर्मा आचार्य र जलजला ७ पर्बत घर भै हाल महाराजगंज टिचिङ्ग हस्पिटलमा अध्ययनरत राजेश शर्मा पौडेलको पहलमा नेपाल मेडिकल एसोसिएसन मार्फत बरंजा  स्वास्थ्य चौकी मंगला -३, बरंजा म्याग्दी लाईकरिब १ लाख ९० हजार बराबरको २ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको हो।

    उक्त स्वास्थ्य सामग्री एक कार्यक्रमका बीच मंगला ३ बरंजा आर्भाङ्ग निवासी कृष्ण शर्माको समन्वयमा मंगला गाउपालिका अध्यक्ष  सत प्रसाद रोकालाई हस्तान्तरण गरिएको छ।

    D39EED79-46B7-42CE-A769-767319DC01C3.jpeg

    अक्सिजन कन्सन्ट्रेटर सामान्य सास फेर्न गाह्रो भएकालाई दिने मेसिन हो । अक्सिजन कन्सन्ट्रेटरले बाहिरको हावालाई फिल्टर गर्छ । एकातिरबाट अक्सिजन र अर्कोतिरबाट नाइट्रोजन फाल्छ ।मेसिनको अर्को लिक्विड प्लान्टबाट अक्सिजन बनाइन्छ र बिरामीले अक्सिजन प्रयोग गर्छन्। ग्रामिणक्षेत्र मा सास फेर्न समस्या भएका बिरामीलाई घरमै लगेर समेत प्रयोग गर्न सकिने भएकाले अक्सिजन सिलिण्डरको तुलनामा कन्सन्ट्रेटर सहज हुन्छ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology