Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपाल प्रहरीका पाँच प्रहरी एआईजीको सरुवा ,को कहाँ ?

नेपाल प्रहरीका पाँच प्रहरी एआईजीको सरुवा ,को कहाँ ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७८ शनिवार • १०:३९:१७ बजे
  • 1.3K
    SHARES
  • नेपाल प्रहरीका पाँच प्रहरी एआईजीको सरुवा ,को कहाँ ?

    पोखरा । नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को शुक्रबार सरुवा भएको छ ।

    images

    गृह मन्त्रालय स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालयका प्रमुख हरिबहादुर पाल प्रहरी प्रधान कार्यालय कार्य विभाग र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुख प्रद्युम्न कार्की महानगरीय प्रहरी प्रमुखमा सरुवा भएका छन् ।

    यसैगरी एआईजी विश्वराज पोखरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान, निरज शाही अपराध अनुसन्धान विभाग र सहकुल थापा मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा सरुवा भएका छन् । गोरखापत्रमा खबर छ ।

    भावी आइजीपीका लागि प्रतिस्पर्धा

    सरकारले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापालाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको थियो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो।

    बैठकले गृह मन्त्रालयको बढुवा सिफारिसलाई सदर गर्दै थापालाई बढुवा गर्ने निर्णय गरेको हो। बढुवा समितिले असार १४ गते थापालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

    एआइजीमा बढुवा भएसँगै अब थापाले भावी आइजीपीका लागि अर्का एआइजी विश्वराज पोखरेलसँगै प्रतिस्पर्धा गर्नेछन्। यसअघि सरकारले थापाकै ब्याची विश्वराज पोखरेललाई एआइजीमा बढुवा गरेको थियो।

    थापाले केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखाको प्रमुखका रुपमा काम गरिसकेका छन्। उनले चितवन, काभ्रेलगायतका जिल्लाको पनि प्रमुख भएर काम गरेका थिए।

  • सम्बन्धित विषय:

  • # सरुवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology