Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्ड र नेपालबीच भेटवार्ता : ओली विश्वास गर्न लायक नेता होइनन्, ख्याल गर्नुस् -प्रचण्ड

प्रचण्ड र नेपालबीच भेटवार्ता : ओली विश्वास गर्न लायक नेता होइनन्, ख्याल गर्नुस् -प्रचण्ड

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २६, २०७८ शनिवार • १५:०८:२६ बजे
  • 988
    SHARES
  • प्रचण्ड र नेपालबीच भेटवार्ता : ओली विश्वास गर्न लायक नेता होइनन्, ख्याल गर्नुस् -प्रचण्ड

    काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    images

    प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर निवासमै पुगेका थिए। भेटका क्रममा प्रचण्डले नेपाल नेपाललाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले धोका दिन सक्ने भन्दै सचेत रहन सुझाएका छन्।

    एमालेको आन्तरिक विवदा समाधानको बिन्दुमा पुग्नै लाग्दा प्रचण्डले ओली विश्वास गर्न लायक नेता नभएको उल्लेख गर्दै उनको भर पर्दा धोका पाइन सक्ने बताएको स्रोतको भनाइ छ।

    एमाले विवादले चर्को रूप लिँदा नेता नेपालको समूह विपक्षी गठबन्धनमा समेटिएर विभिन्न गतिविधिमा संलग्न हुँदै आएको थियो। प्रचण्डले नेपाललाई पाँच दलीय गठबन्धनबाट यताउता नलाग्न समेत आग्रह गरेको स्रोतले जनाएको छ।

    नेता नेपालले आफूनिकट नेताहरूसँग छलफल गरेर मात्र आफू अघि बढ्ने बताएको स्रोतले बताएको छ।

  • सम्बन्धित विषय:

  • # भेटवार्ता
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology