Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तपाईँ आफैले जाँच्न सक्नुहुन्छ आफ्नो स्वास्थ्य

तपाईँ आफैले जाँच्न सक्नुहुन्छ आफ्नो स्वास्थ्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०७७ बिहिवार • १७:३७:२७ बजे
  • 4.7K
    SHARES
  • तपाईँ आफैले जाँच्न सक्नुहुन्छ आफ्नो स्वास्थ्य
    एजेन्सी । जीवनमा खुसी तथा स्वस्थरहन हरेक व्यक्तिको चाहना हुन्छ । तर डाक्टरसँग सल्लाह नगरी आफू स्वास्थ्य भएको अथवा नभएको थाहा पाउन सकिन्छ त ? केही डाक्टरको भनाइ मान्ने हो भने हामीले आफ्नो शरीरको चेतावनीलाई बुझ्न कोसिस गर्दा आफ्नो अवस्था थाहा पाउन सक्छौँ ।
     
    १. छालाको अवस्था
    छालाको अवस्था हेरेर सामान्य मानिसको स्वास्थ्य अवस्था पत्ता लगाउन सकिन्छ । खराब खानपानले छालालाई असामान्य बनाउन सक्दछ । छालामा केही दाग तथा धब्बाहरु देखिएमा स्वास्थ्यमा केही गडबड भएको बुझ्नु पर्दछ ।
    २.निन्द्रा
    के तपाई रातमा आनन्दले निदाउन सक्नुहुन्छ ? मानिसको निन्द्रामा धेरै स्वास्थ्यका रहस्य रहेको हुन्छ । यदि तपाइँ सामान्यतया निदाउनका लागि असमर्थ हुनुहुन्छ भने स्वास्थ्यमा समस्या रहेको प्रष्ट हुन्छ ।
    ३. पिसाब
    तपाईँले शौचालयमा आफ्नो पिसाबलाई कहिल्यै ध्यान दिएर हेर्नुभएको छ ? पिसाबको रंगले तपाईँको स्वास्थ्य अवस्थाको संकेत गरिरहेको हुन्छ । पिसाबको रंग सामान्यतया हल्का पहेँलो हुनुपर्दछ । डाक्टरका अनुसार युरिनको रंग र गन्धले स्वास्थ्य अवस्थाको जानकारी दिइरहेको हुन्छ ।
    ४. सुख्खा ओठ
    प्राय मानिसले ओठ सुख्खा अथवा फुटेमा लिप बामको प्रयोग गरिरहेका हुन्छन् । तर लगातार ओठ सुख्खा रहने अथवा फुट्ने भएका स्वास्थ्यमा गडबड भएको संकेत हुनजान्छ ।
    ५.खराब नङ
    ओठले जस्तै नङले पनि स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिइरहेको हुन्छ । हात अथवा खुट्टाको नङमा अनौठो रेखा, निशान, रंग बदलिएको लगाएतका समस्या भएमा स्वास्थ्य अवस्था बिग्रिएको बुझ्नुपर्दछ ।
    ६. तापक्रम
    शरीरको तापक्रमले सबैभन्दा पहिले तपाईँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिन्छ । सामान्यतया मौसमको तापक्रम अनुसार शरीरको तापक्रममा फेरबदल हुन्छ । तर मौसमभन्दा विपरित शरीरको तापक्रममा घटबढ भएमा स्वास्थ्य अवस्था सामान्य नरहेको देखाउँछ ।
    ७. चिलाउनु
    कुनै कुनै समयमा शरीरका कुनैपनि अंगमा निरन्तर चिलाउनु अथवा केही सम्झेको बेलामा समेत शरीरमा चिलाएको आभास हुने गर्दछ । जसले तपाईँको खानामा अथवा अन्य केहीमा समस्या रहेको र स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको देखाउँछ ।
    ८. उचाई घट्नु
    सामान्यतया मानिसको उचाई उमेरअनुसार बढ्दै जान्छ । तर हाडमा भएको केही हर्मोनका कारण कहिलेकाहीँ मानिसको उचाई घट्न थाल्दछ । निकै थोरै व्यक्तिमा यस्तो समस्या देखिने गरेको भएपनि उचाई घट्नुले शरीरमा स्वास्थ्य अवस्था खराब भएको संकेत दिन्छ ।
    ९. खुट्टा सुन्निनु
    कुनै समयमा शरीरको तल्लो भाग अर्थात खुट्टा सुन्निएको अवस्थामा हुनसक्छ । जसले थायराइड, किड्नी अथवा मुटुको समस्या रहेका संकेत गर्दछ ।
    १०. अनुहारमा मुजा पर्नु
    उमेर बढ्दै जाँदा अनुहारमा मुजा पर्दै जाने गर्दछ । तर कम उमेरमै अनुहारमा मुजा देखिन सुरु भएमा स्वास्थ्य अवस्था खराब हुँदै गरेको बुझ्नुपर्दछ । यसले उच्च रक्तचापको समस्यालाई संकेत गर्दछ ।
    ११. मुखको दुर्गन्ध
    गिजा तथा दाँतको तल्लो भाग सुन्निएको अवस्थामा मुखबाट दुर्गन्ध आउने गर्दछ । मुखबाट आउने दुर्गन्धको इम्युन सिस्टमसँग पनि सम्बन्ध रहेको हुन्छ । यसले स्वास्थ्य अवस्था खराब भएको संकेत गर्दछ ।
    १२. आँखाको पहेँलोपन
    डाक्टरका अनुसार आँखाको रंग सधैँ सेतो र सफा हुनुपर्दछ । यदि आँखाको रंग पहेँलाे अथवा अन्य रंगको भएमा पनि स्वास्थ्यमा समस्या रहेको बुझ्नु पर्दछ ।
    १३. घाटी सुन्निनु
    घाटी लगातार अथवा असामान्य अवस्थामा सुन्निनु पनि खराब स्वास्थ्यको लक्षण हो ।  
    १४. मोटोपना
    शरीरमा मोटोपन सामान्य तथा सन्तुलित रहन आवश्यक छ । शरीरमा मोटोपना बढेमा विभिन्न प्रकारका रोगको सिकार बन्न सकिन्छ । शरीरिक श्रम अथवा कसरतको अभावमा यस्ता समस्या देखिने गर्दछ ।
    १५. शारीरिक गतिविधि
    सामान्यतया शारीरिक गतिविधिले हाम्रो स्वास्थ्य अवस्था जानकारी गराउँछ । सामान्य व्यायम, हिडडुल तथा योगा अभ्यास गर्न सक्ने अवस्था रहेमा शरीरको अवस्था ठिक छ भन्ने बुझ्नुपर्दछ ।
    एजेन्सीको सहयोगमा
     

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology