Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

हस्ताक्षर फिर्ता नलिने माधव पक्षको अडान

हस्ताक्षर फिर्ता नलिने माधव पक्षको अडान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७८ आइतवार • १२:४७:१४ बजे
  • 712
    SHARES
  • हस्ताक्षर फिर्ता नलिने माधव पक्षको अडान

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि कार्यदलले तयार पारेको मस्यौदामा सर्वोच्च अदालतलाई प्रभाव पार्नेगरी सहमति नहुने बताएका छन् ।

    images

    अदालतलाई प्रभावित बनाउने वा हस्ताक्षर फिर्ता गर्ने दुबै सर्त आफूले नमान्ने नेता नेपालले बताएका हुन् । शनिबार कार्यदलले तयार पारेको मस्यौदामाथि सहमति जुटाउन नेपाल पक्षका कार्यदल सदस्यहरु आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए । अहिले सिंहदरबारमा कार्यदलको बैठक बसिरहेको छ ।

    कार्यदलका सदस्यहरुले आजै सहमतिको सम्भावना रहेको बताएका छन् । तर, नेता नेपालले सर्वोच्च अदालतको मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिएर सहमति नहुने बताए । अदालतलाई प्रभाव नपार्ने गरी अन्य विषयमा सहमतिको निम्ति तयार रहेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology