Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सर्वोच्चको फैसलापछि मात्रै एमाले पार्टी एकता :बामदेव गौतम

सर्वोच्चको फैसलापछि मात्रै एमाले पार्टी एकता :बामदेव गौतम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७८ आइतवार • १४:०९:०४ बजे
  • 1.8K
    SHARES
  • सर्वोच्चको फैसलापछि मात्रै एमाले पार्टी एकता :बामदेव गौतम

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष बामदेव गौतमले सर्वोच्च अदालतको फैसलापछि मात्रै नेकपा एमाले एकीकृत हुने बताएका छन्। राष्ट्रियसभा सदस्यरहेका रहेका गौतमले आज राष्ट्रियसभालाई सम्वोधन गर्दै अहिले पार्टी एकताका लागि कार्यदलले सहमतिको प्रयास गरिरहेका बेला उपाध्यक्ष गौतमले आफूले पहिला नै सर्वोच्चको फैसलापछि मात्रै पार्टी एकीकृत हुने भनेको उल्लेख गर्दै तर कार्यदलले आजै सहमति हुने बताएको उल्लेख गरे।

    images

    गत हप्ता गौतमले अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी भएको बिषयमा बोल्दै भने, ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई पुरानै अवस्थामा फर्काएपछि म त्यो बैठकमा भाग लिन र आफू एमालेको प्रमाण पेश गर्न बैठकमा गएको हुँ,’ उनले भने, ‘कतिले मलाइ ओलीसँग मिल्न गयो भने कसैले भने , तर म कोहीसँग मिल्न होइन एमाले भएको प्रमाण पेश गर्न गएको हुँ।

    नेकपा एमालेभित्रको अन्तरविरोध समाधान गर्नको निम्ति दुईवटा समूहबाट एउटा कार्यदल बनेको छ । र त्यसले आज ८ बजे खुसीको खबर आउँछ भनेको थियो, गौतमले भने, ‘मैले भनेको थिएँ त्यो खुसीको खबर सर्वोच्चको निर्णय पछि आउँछ भनेर’ उनले भने, मेरो अहिले पनि दृढता छ कि सर्वोच्चको निर्णयपछि पार्टी एकीकृत हुनेछ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # बामदेव गौतम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology