नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको सचिवालयले नेता नेपाललले पार्टी अध्यक्षतको हैसियत मागेको समाचार भ्रमपूर्ण रहेको भन्दै खण्डन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भइरहेका सम्पूर्ण प्रयासहरुलाई असफल बनाउन ओली समूहले भ्रम फैलाएको भन्दै नेता नेपाललको सचिवालयले खण्डन गरेको हो ।
पार्टी एकताका लागि कार्यदलले प्रयास गरिरहेको छ । कार्यदलको पछिल्लो प्रगति पनि सकारात्मक दिशातर्फ उन्मुख रहेको बेला एकता प्रयास असफल बनाउन भ्रम फैलाइएको हो, सचिवालय स्रोतले भन्यो, ‘वरिष्ठ नेता नेपालले यस्ता कुनै पनि प्रस्ताव गर्नु भएको छैन ।
गत बुधबार अध्यक्ष ओली र नेता नेपालबीच लामो समयपछि होटल मेरियटमा भेटवार्ता भएको थियो । उक्त भेटपछि केही संचार माध्यमले नेता नेपालले अध्यक्षको हैसियत मागेको भन्दै समाचार लेखेपछि सचिवालयले खण्डन गरेको हो ।