Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

आयल निगमद्वारा आन्दोलित विद्यार्थी संगठनलाई वार्तामा आउन आह्वान

आयल निगमद्वारा आन्दोलित विद्यार्थी संगठनलाई वार्तामा आउन आह्वान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७८ आइतवार • २०:१९:५८ बजे
  • 1.2K
    SHARES
  • आयल निगमद्वारा आन्दोलित विद्यार्थी संगठनलाई वार्तामा आउन आह्वान

    नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धिलाई लिएर आन्दोलित संयुक्त विद्यार्थी संगठनलाई वार्तामा बोलाएको छ । विपक्षी गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा आइतबार शंख फुकेर विरोध प्रदर्शन गरेका थिए । विद्यार्थी नेता कार्यकर्ताहरुले आइतबार माइतीघरमा भेला भई शंख फुकेर विरोध जनाएका थिए ।

    images

    यसै विरोधलाई रोक्न आइतबार निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै भोलि, असार २८ गते दिउँसो १ बजेका लागि निगमको केन्द्रीय कार्यालय बबरमहलमा आपसी छलफलका लागि आन्दोलित विद्यार्थी संगठनलाई बोलाएको हो । गत असार २४ गते संयुक्त विद्यार्थी संगठनको तर्फबाट निगमलाई सम्बोधन गरी बुझाइएको ज्ञापनपत्रका विभिन्न वस्तुहरु उपर छलफलका लागि बोलाइएको निगमले जनाएको छ ।

    गत साता निगमले पेट्रोल र डिजेलसँगै खाना पकाउने एलपी ग्यासको समेत प्रतिसिलिन्डर अधिकतम २५ रुपैयाँले मूल्य बृद्धि गरेसँगै विद्यार्थी संगठनहरुले चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् ।

    nigum.png

  • सम्बन्धित विषय:

  • # आन्दोलित विद्यार्थी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology