नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले कार्यदलको १० बुदे सहमतीका सन्दर्भमा भ्रममा नपर्न र स्वागत गर्न पनि नहतारिन आग्रह गरेकी छन् ।
सोमबार फेसबुकमार्फत टिप्पणी गर्दै उनले आफूहरुको टिमको केन्द्रीय कमिटी बैठक बसेर १० बुँदे सम्झौताबारे संस्थागत धारणा आउने बताइन् । स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी १० बुँदे सम्झौता कार्यान्वयन योग्य नहुने बैठकमा जाने कुरा पनि नहुने उनले प्रस्ट पारेकी छन् ।
‘अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता लिइने छैन, लिने कुरै आउँदैन,’ उनले भनेकी छन्, ‘भ्रममा नपरौँ, स्वागत गर्न हतार नगरौं । निराश पनि नबनौं । राजनीति हो, यसले बाटो लिन्छ । उज्यालो पहिल्याउन सकिन्छ ।’